हङकङद्वारा नेपाललाई बलियो विजयी लक्ष्य प्रस्तुत

काठमाडौं । एसियन गेम्स पुरुष छनोट अन्तर्गत जारी फाइनल खेलमा हङकङले नेपाललाई बलियो विजयी लक्ष्य प्रस्तुत गरेको छ । सिंगापुरस्थित सिंगा ओभलमा जारी फाइनल खेलमा हङकङले नेपाललाई जितको लागि १ सय ८९ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको हङकङले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८८ रन बनाएको हो । हङकङको लागि अन्शुमन रथ र शहिद वासिफले अर्धसतक बनाए । अन्शुमनले ४५ बलमा ६ चौका र ६ छक्काको मद्दतमा ८० रन बनाए । यस्तै शहिद वासिफले २८ बलमा ७ चौका र ३ छक्काको मद्दतमा ५५ रन बनाउँदा शिव मथुरले २६ रन बनाए ।

नेपालको लागि शेर मल्लले ४ ओभरमा ३२ रन दिएर चार विकेट लिंदा करण केसीले दुई र सन्दीप लामिछानेले एक विकेट लिए । अब नेपालले जवाफी ब्याटिङ गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *