काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बैठक बसेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ ।
सभापति लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न भन्दै संसदमा प्रतिननिधित्व गर्ने दलहरुको बैठक बोलाएका हुन् । बैठक सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयअन्तर्गत सार्वजनिक लेखासमितिको हलमा जारी रहेको छ ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, लामिछानेसहित रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी, नेताहरू विपीन आचार्य र दीपक बोहोरा सहभागी छन् । नेपाली कांग्रेसबाट कांग्रेसबाट संसदीय दलका नेता भीष्मराज आङ्दम्बे र सांसद फिरदोश आलम सहभागी छन् । यस्तै एमालेबाट प्रमुख सचेतक ऐन महर, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद खुश्बु ओली बैठकमा सहभागी भएका छन् ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट सहसंयोजक माधवकुमार नेपाल र नेता वर्षमान पुन बैठकमा सहभागी छन् । हर्क साम्पाङ राई नेतृत्वको श्रम संस्कृति पार्टीले बैठक नै बहिष्कार गरेको छ ।
