प्रिमियर कपमा नेपाल पराजित

काठमाडौं । एसिसि महिला प्रिमियर कपमा नेपाल पराजित भएको छ । शनिबार दिउँसो भएको समूहचरणको अन्तिम खेलमा नेपाल हङकङसँग ६९ रनले पराजित भएको हो ।

जितको लागि १ सय १० रनको विजयी लक्ष्य पछ्याएको नेपाल १३.३ ओभरमा ४० रनमा अलआउट हुँदै नेपालले लज्जास्पद हार बेहोरेको हो । नेपालको लागि सोनी पाख्रिनले १२ र रुविना क्षेत्रीले १० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

हङकङकी इक्रा सहरले ४ ओभरमा २ मेडन राख्दै ४ रन दिएर ४ विकेट लिँदा कारी चान र मार्याम बीबीले दुई/दुई तथा अलिसान सिउ र जोय्लेन कौरले एक/एक विकेट लिए ।

यसअघि मलेसियामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ मा उत्रिएको हग ले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा १ सय ९ रन बनाएको थियो । हङकङको लागि याम्सिन डास्वानीले ४२, मारिको हिलले २९, मारिना लाम्लोघले १८ र कारी चानले ११ रन बनाइन् ।

नेपालको लागि रिया शर्मा र रुविना क्षेत्रीले समान एक/एक विकेट लिए ।

जितसँगै हङकङ ३ खेलबाट ६ अंक जोड्दै समूह ‘डी’को शीर्ष स्थानमा रहँदै क्वाटरफाइनलमा पुग्दा नेपाल ४ अंक जोड्दै समूह उपविजेताको रुपमा अन्तिम आठमा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *