काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल औपचारिक भ्रमणका लागि भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् । परराष्ट्रमन्त्री खनाल शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँदिल्ली प्रस्थान गरेका हुन्।
भारतीय विदेशमन्त्री डा. एस. जयशंकरको निमन्त्रणामा उनी भारत भ्रमणमा गएका हुन् । भारत प्रस्थान गर्नुअघि विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै परराष्ट्रमन्त्री खनालले राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार बनेपछि यो पहिलो उच्चस्तरीय भ्रमण भएको बताए। भ्रमणका क्रममा देशको प्राथमिकताका विषयमा केन्द्रित रहेर छलफल हुने उनले बताए ।
भारत भ्रमणका क्रममा खनालले भारतीय समकक्षी डा. एस जयशंकरसँग भेटवार्ता गर्नेछन्। दुवै देशका विदेशमन्त्रीबीच आपसी हितका विविध विषयमा छलफल हुने मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री खनाल जेठ २४ गते स्वदेश फर्किने कार्यक्रम छ ।
