प्रधानमन्त्रीको राजीनामा माग्दै नेकपाको प्रदर्शन

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले प्रधानमन्त्री बालेन साहको अभिव्यक्तिको विरोधमा विरोध प्रदर्शन गरेको छ । नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेकपाका भातृ संगठनले बिहीबार माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा उनीहरुले ‘राष्ट्रघाती अभिव्यक्ति फिर्ता लेऊ’, ‘जनतासँग सार्वजनिक माफी माग’, ‘जनता बालेनको खोजीमा, बालेन मोदीको गोजीमा’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

उनीहरुले प्रधानमन्त्रीको राजीनामासमेत मागेका छन् । विरोध सभालाई सम्बोधन गर्दै नेकपाका नेता सुदेश पराजुलीले संसदमा उभिएर देशकै कार्यकारी प्रमुखले राष्ट्रमाथि एउटा गम्भीर ढङ्गले प्रहार गरेको बताए ।

उनले हिजो काठमाडौंमा बालेन साहको रूपमा उदय भएका बालेन्द्र साह आज संसदमा पुगेपछि भारतीय साहको रूपमा प्रकट भएको आरोप लगाए । प्रधानमन्त्रीले गत आइतबार सदनमा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि भारतको भूमि मिचेको विवादास्पद अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्रीको अभिव्यक्तिको सर्वत्र आलोचना भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *