पाकिस्तानको निर्यात वृद्धि

इस्लामावाद । पाकिस्तानको निर्यात ९.५९ प्रतिशतले बढेर मे महिनामा दुई अर्व ७० करोड अमेरिकी डलर पुगेको जनाइएको छ । यस अघि अप्रिलको निर्यात दुई अर्व ४७ करोड डलर रहेको पाकिस्तान ब्युरो अफ स्ट्याटिस्टिक्स (पीबीएस) ले सार्वजनिक गरेको व्यापारीक तथ्याङ्कले जनाएको छ ।

अघिल्लो महिनाको तुलनामा मे महिनामा आयात २१.४५ प्रतिशतले घटेर पाँच अर्व २९ करोड डलरमा झरेको जनाइएको छ, जसले मासिक व्यापार घाटा ३९.४३ प्रतिशतले घटाएर दुइ अर्व ५९ करोड डलरमा झारेको छ ।

वार्षिक आधारमा निर्यात सन् २०२५ को मे मा दुई अर्व ६७ करोड डलरबाट १.२६ प्रतिशतले बढेर सन् २०२६ मे मा दुई अर्व ७० करोड डलर पुगेको बताइएको छ । सोही अवधिमा आयात पाचँ अर्ब ६६ करोड डलरबाट ६.६३ प्रतिशतले घटेर पाँच अर्व २९ करोड डलरमा झरेको उल्लेख गरिएको छ ।

आर्थिक वर्ष २०२५–२६ (जुलाई–मई) को पहिलो ११ महिनामा पाकिस्तानको निर्यात अघिल्लो आर्थिक वर्षको समान अवधिमा २९ अर्ब ५६ करोड डलरबाट ५.६ प्रतिशतले घटेर २७ अर्ब नौ करोड डलरमा झरेको जनाइएको छ । यस अवधिमा आयात ५.९४ प्रतिशतले बढेर ६२ अर्ब ६६ करोड डलर पुगेको छ ।

यसको परिणाम स्वरूप जुलाई – मे को अवधिमा देशको व्यापार घाटा १७.४८ प्रतिशतले बढेर ३४ अर्ब ७६ करोड डलर पुगेको पीबीएसको तथ्याङ्कले देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *