काठमाडौं । एसियन गेम्स पुरुष छनोट अन्तर्गत आज हुने खेलमा नेपाल र मलेसिया भिड्दैछन् । सिंगापुर राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल दिउँसो १२:१५ बजे शुरू हुनेछ ।
दुवै टोली एक खेल अगावै एसियन गेम्समा छनोट भइसकेका कारण आज समूह विजेताको लागि प्रतिस्पर्धा हुनेछ । नेपालले पहिलो खेलमा चीनलाई २ सय २१ रन र मलेसियालेपनि चीनलाई ९ विकेटले हराएको थियो ।
नेपाल र मलेसियाबीच भएको पछिल्लो १० खेलमा नेपाल हाबी देखिएको छ । दुई टोलीबीच भएको १० भेटमा नेपालले ९ खेल जित्दा मलेसियाले एक खेल जितेको छ ।
