काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विपक्षी दलले आज पनि विरोध गरेका छन् । मंगलबार ढिलागरी सुरु भएको बैठकमा पनि विपक्षी दलले उठेर विरोध जनाएका हुन् । उनीहरूले प्रधानमन्त्री बालेन साहको विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने र माफी माग्नुपर्ने अडान लिएका छन् ।
नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिका कारण सदनमा विपक्षी दलले विरोध र अवरोध गर्दै आएका छन् ।
