नयाँदिल्ली । म्यान्माका राष्ट्रपति मिन आङ ह्लाइङ राष्ट्रपति बने पछि पहिलो पटक छिमेकी राष्ट्र भारतको भ्रमणका लागि शनिबार भारत आइपुगेका छन् । भ्रमणमा उनले, प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट–वार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
भारत तथा म्यान्मा सरकारका अनुसार पूर्व सेना प्रमुख तथा म्यान्माका राष्ट्रपति ह्लाइङले आफ्नो पाँच दिने भ्रमणमा व्यापारिक प्रतिनिधिहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
भारतको विदेश मन्त्रालयले ह्लाइङलको भ्रमणको जानकारी उल्लेख गर्दै विज्ञप्ति जारी गरेको छ भने प्रवक्ता रणधीर जयस्वालले भारतको पूर्वी राज्य बिहारमा ह्लाइङलाइ स्वागत गरेको तस्वीरहरू सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।
राष्ट्रपति मिन आङ ह्लाइङले बौद्ध तीर्थ–स्थल बोधगयाको भ्रमण बाट आफ्नो यात्रा सुरु गर्ने जनाइएको छ । जहाँ भगवान गौतम बुद्धले बद्धत्व प्राप्त गरेका छन् ।
भ्रमणले बलियो आध्यात्मिक, ऐतिहासिक र जनता–जनताबीचको सम्बन्धलाई प्रतिबिम्बित गर्ने उल्लेख गर्दै जयस्वालले दुई देशहरू बीच चलिरहेको सहयोगलाई प्रतिबिम्बित गरेको बताए ।
उनले आगामी सोमबार नयाँदिल्लीमा प्रधानमन्त्री मोदी र राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको भारतको विदेश मन्त्रालयले जनाएको छ ।
भेटवार्तामा दुवै नेताहरुले दुइ मुलुक बीचको सम्बन्धलाई कसरी अझ बलियो बनाउने भन्ने बारे छलफल गर्ने जयस्वालले नयाँ दिल्लीमा आयोजित पत्रकारहरूसँगको साक्षातकारमा बताए ।
दुई देशले कसरी आफ्नो आर्थिक सम्बन्धलाई बलियो बनाउन सकिन्छ भन्ने बारेमा पनि छलफल गर्ने योजना तयार भएको जनाइएको छ ।
मिन आङ ह्लाइङले गत अप्रिलमा म्यानमारको राष्ट्रपतिको रूपमा शपथ लिएका थिए भने संसदीय अधिकारीहरूका अनुसार उनको शपथ ग्रहण समारोहमा छिमेकी राष्ट्रहरू चीन, भारत र थाइल्यान्डका साथै अन्य २० देशका प्रतिनिधिहरू उपस्थित थिए ।
