काठमाडौंँ । सरकारले खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएका हुन् ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषण शुक्रबार संसदमा प्रस्तुत गर्दै देशभरमा ८ हजार दर्शक क्षमताका १० वटा फ्लडलाइटसहितका फुटबल रंगशालाको स्तरोन्तती गरिने बताएका हुन् । यस्तै देशका प्रमुख ८ शहरमा पाँच वर्षभित्रमा आधुनिक क्रिकेट रंगशाला पनि बनाइने भएको छ ।
यस्तै अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीलाई अवकासपछि सम्मानजनक जीवनका लागि आजीवन नि:शुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाइने भएको छ।
सुर्खेतमा हुने दशौं राष्ट्रिय खेलकुद र मधेशमा प्रस्तावित एघारौं राष्ट्रिय खेलकुदका लागि आवश्यक पूर्वाधार निर्माणका लागि रकम विनियोजन गरिएको छ।
