काभा महिला भलिबलमा नेपाल पदक विहीन

काठमाडौं । घरेलु मैदानमा जारी काभा महिला भलिबल च्याम्पियनसिपमा नेपाल पदक विहीन बनेको छ । शनिबार तेस्रो स्थानको लागि भएको खेलमा नेपाल भारतसँग ३-१ को सेटमा पराजित भएको हो ।

राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको खेलमा भारतले शुरूवाती दुई सेट २५-२२ र २५-२३ ले जित्दै अग्रता बनाएको थियो । तेस्रो सेटमा २५-१५ ले जित्दै खेलमा पुनरागमन गर्ने प्रयास गरेपनि नेपालले चौथो सेट २५-२२ ले भारतलाई सुम्पिएको हो ।

यसअघि हिजो भएको सेमिफाइनल खेलमा नेपाल इरानसँग फितलो प्रदर्शन गर्दै ३-० को सोझो सेटमा पराजित भएको थियो ।

अब आजै हुने फाइनल खेलमा इरान र काजाख्तान भिड्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *