काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलन जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि ननै अनुसन्धान गर्न सिफारिस गरेको छ ।
कार्कीले जेन्जी आन्दोलनलाई समर्थन गरेको ठहर गर्दै आयोगले अनुसन्धन गर्न सिफारिस गरेको हो । प्रदर्शनका दौरान र प्रदर्शन पश्चात जेनजी प्रदर्शनका सम्बन्धमा अभिव्यक्ति दिएको भन्ने सामाजिक सञ्जालबाट देखिएको आयोगको ठहर छ ।
आन्दोलनमा मानवीय र भौतिक क्षतिहरूमा उनीसहितको संलग्नता रहे वा नरहेको, सार्वजनिक शान्ति र सुव्यवस्थामा खलल पुग्ने काम निजहरूबाट भए वा नभएको वा सोको दुरुत्साहन भए नभएको सम्बन्धमा सुक्ष्म अनुसन्धान गरी सम्बन्धित व्यक्ति तथा आम नागरिकलाई सुसुचित गराई उल्लेखित व्यक्तिहरूको स्वच्छ सुनुवाईको हक अधिकारको सुनिश्चिततासहित अनुसन्धान गरी दोषी देखिए कारबाही गर्न आयोगले सिफारिस गरेको छ।
