काठमाडौँ । प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसद जगदीश खरेलले विपक्षी दलहरुको विरोध प्रदर्शनलाई तमासा भनेपछि सभामुख डीपी अर्याललाई बैठक नै स्थगित गर्नुपर्ने अवस्था सृजना भएको छ ।
मंगलबारको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरी छलफल भइरहेका बेला खरेलले सरकारले अध्यादेश ल्याउनु सही भएको दाबी गर्दै प्रतिपक्षी दलहरूले संसद्मा ‘तमासा’ देखाएको टिप्पणी गरेका थिए । संसदमा प्रधानमन्त्री बालेन साहको जवाफ माग गर्दै विरोधमा उत्रिएका विपक्षी दलका सांसदहरुले खरेलको अभिव्यक्तिप्रति झनै आक्रामक रूपमा विरोध जनाए ।
त्यसपछि संसदमा तनावपूर्ण स्थिति सिर्जना भएको थियो । विपक्षी सांसदहरु थप आक्रोशित भएपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए ।
