वीरगंज । राष्ट्र, राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईँ साधारण तारेखमा रिहा भएका छन् । मंगलबार जिल्ला अदालत पर्साका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले प्रसाईँलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।
प्रहरीले उनलाई साइबर कसुर र राज्यविरुद्धको कसुरमा मुद्दा चलाएको थियो । उनी केही दिनअघि मात्रै वीरगञ्जको होटल दियालोबाट पक्राउ परेका थिए ।
