राष्ट्रिय सुरक्षाका विषयमा जङ्गी अड्डामा पूर्वरथीहरुसँग छलफल

काठमाडौँ । जङ्गी अड्डामा अवकाश प्राप्त रथीहरुसँग अन्तरक्रिया एवं भेटघाट कार्यक्रम आयोजना गरिएको छ ।
शुक्रबार भएको अन्तरक्रियामा नेपाली सेनाले स्थापनाकालदेखि बहन गरिरहेको जिम्मेवारी तथा महत्वपूर्ण कार्यहरू तथा कल्याणकारी गतिविधिको सम्बन्धमा समीक्षा गर्दै राष्ट्रिय सुरक्षासँग सम्बद्ध समसामयिक विषयहरूमा छलफल भएको नेपाली सेनाले जानकारी दिएको छ ।

त्यस अवसरमा प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाको समयसापेक्ष आधुनिकीकरण तथा क्षमता विकासका लागि राष्ट्र र संस्थाप्रति समर्पित अग्रज नेतृत्वबाट निरन्तर प्रेरणा प्राप्त भएकामा उक्त अमूल्य योगदानप्रति उच्च सम्मान व्यक्त गरेका थिए ।

यस प्रकारको कार्यक्रमबाट सेवारत र अवकाशप्राप्त सैनिकहरूबीच निरन्तर सम्बन्ध कायम हुनुको साथै प्राप्त राय सुझावले राष्ट्रिय दायित्वलाई आत्मसात् गरी समग्रमा राष्ट्रिय हितको संरक्षणमा सहयोगीसिद्ध हुने विश्वास लिइएको नेपाली सेनाले विज्ञप्तिमार्फत जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *