पाँचथर । पाँचथरको याङवरक गाउँपालिकामा अविरल वर्षासँगै आएको बाढी पहिरोले ठूलो क्षति गरेको छ । शुक्रबार राति भएको वर्षासँगै आएको बाढीले दोभाने खोला, तमोर खोला र मध्य पहाडी राजमार्ग र घरमा क्षति पुर्याएको हो । बाढीले पाँचथर र तेह्रथुमलाई जोड्ने निर्माणाधीन पक्की पुल पनि बगाएको छ ।
पाँचथरकै याङवरक गाउँपालिकामा पर्ने दोभाने खोला र त्यहा सञ्चालित हाइड्रो पावरसहित दर्जनौ संरचनामा क्षति पुगेको छ । बाढीपछि माथिबाट आएको पहिरोले अविरल वर्षा हुँदा माथिबाट आएको पहिरोले दुई वटा घरसमेत बगाएको छ । वर्षापछि त्यस क्षेत्रमा टेलिफोन सम्पर्कसमेत हुन नसकेकाले क्षतिको विवरण संकलन गर्न कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख अनिषकुमार कर्णले जानकारी दिएका छन् ।
