काठमाडौँ । मिस नेपाल २०२६ को लागि आवेदन खुलेको छ । द हिडन ट्रेजरले बुधबार एक कार्यक्रमबीच नयाँ संस्करणको घोषणा गर्दैं आवेदन खुलाएको हो। नेपालभरि तथा विदेशमा बसोबास गरिरहेका इच्छुक युवतीले प्रतियोगितामा आवेदन दिन सक्नेछन्।
आवेदन दिने अन्तिम मिति जेठ २५ गतेसम्म रहेको छ । मिस नेपाल २०२६ का लागि योग्यता मापदण्ड अनुसार सहभागीको न्यूनतम उचाइ ५ फिट ३ इन्च र उमेर १८ देखि २७ वर्षबीच हुनुपर्नेछ। आवेदकसँग नेपाली नागरिकता हुनुपर्छ । विदेशमा बसोबास गर्ने नेपालीले गृह मन्त्रालयद्वारा जारी एनआरएन कार्डका साथ आवेदन दिन सक्नेछन्।
दर्ता निःशुल्क रहेको छ । यस वर्षको प्रतियोगिताबाट तीन जना विजेता घोषणा गरिनेछ। जसमा मिस नेपाल वल्र्डसहित मिस नेपाल कोस्मो र मिस नेपाल इन्टरनेशनल रहेका छन् ।
मिस नेपालको खोजीका लागि टिम देशका विभिन्न सहरहरू बिर्तामोड, इटहरी, बुटवल, पोखरा, नेपालगन्ज र जनकपुरमा सञ्चालन गरिनेछ। यस अवधिमा काठमाडौँका १० कलेजमा मिस नेपाल एक्टिभेसन अभियान सञ्चालन गरिनेछ ।
अन्तिम अडिसन जेठ २६ गतेमा काठमाडौँमा आयोजना हुनेछ। छनोट भएका प्रतिस्पर्धीले ग्रान्ड फिनालेका लागि आवश्यक प्रशिक्षण तथा ग्रुमिङ प्राप्त गर्नेछन्।
