प्रतिनिधिसभामा दुई वटा विधेयक दर्ता

काठमाडौं । प्रधानमन्त्री बालेन साहले प्रतिनिधिसभामा दुई वटा विधेयक दर्ता गरेका छन् । बुधबारको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीकातर्फबाट कानुनमन्त्री सोविता गौतमले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक २०८३ प्रतिनिधिसभामा दर्ता गराएकी हुन् ।

नेपालको संविधानको धारा ८४ को उपधारा (२) मा समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधिसभाको निर्वाचनका लागि राजनीतिक दलले उम्मेदवारी दिँदा जनसंख्याको आधारमा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्र समेतबाट बन्दसूचीको आधारमा प्रतिनिधित्व गराउने व्यवस्था छ ।

२०७८ सालमा भएको राष्ट्रिय जनगणनाको प्रतिवेदन बमोजिम जनसंख्याको प्रतिशतका आधारमा दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु तथा मुस्लिम जनसंख्याको आधारमा प्रतिशत कायम गर्न आवश्यक भएकोले विधेयक ल्याएको सरकारले बताएको छ ।

२१ फागुनको निर्वाचनका लागि छुट भएका मतदातालाई मतदाता नामावलीमा समावेश गराउन सरकारले अध्यादेश ल्याएको थियो । अध्यादेशबाट संशोधन भएका विषयलाई कानुनी रुपमा मान्यता दिन सरकारले अध्यादेश ल्याएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *