पूर्वमन्त्री गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न आदेश दिएको छ । मंगलबार सर्वोच्चका न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले गुप्तालाई धरौटीमा छाड्न आदेश दिएको हो ।

विशेष अदालतले गरेको पुर्पक्षका लागि थुनामा पठाउने आदेश बदर गर्दै सर्वोच्चले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो । कास्कीको लिचीबारी घुस प्रकरणमा विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि त्यसविरुद्ध गुप्ताले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

तत्कालीन मन्त्री गुप्ताले कास्कीस्थित मालपोत कार्यालयका प्रमुख अधिकारीको सरुवा रोकिदिने र भूमि आयोगमा सदस्य बनाइदिने भन्दै घरजग्गा व्यवसायीबाट ५३ लाख रुपियाँ घुस लिएको प्रमाण फेला परेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *