कानुन व्यवसायीहरूले दिउँसै लालटिन बालेर गरे प्रदर्शन

काठमाडौं । नेपाल बार एसोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरूले लालटिन बालेर प्रदर्शन गरेका छन् । बारको सोमबार बसेको बैठकले अदालतमा रिट निवेदन दर्ता नै हुन नसक्ने परिस्थिति निर्माण भएको भन्दै त्यसको विरोधमा दिउँसै लालटिन बालेर प्रदर्शन गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार आज दिउँसो कानुन व्यवसायीले लालटिन बालेर प्रदर्शन गरेका हुन् ।

सर्वोच्च अदालतसमक्ष पर्न आएका रिट निवेदन र निवेदनहरु दर्ता नगरी सर्वोच्च अदालत प्रशासनबाटै दरपीठ गरी फर्काएका कारण न्यायमार्गमा अवरोध भएको बारको ठहर छ ।

बारले न्याय प्रशासनको अन्तिम जिम्मेवारी बहन गर्ने कामु प्रधान न्यायाधीशको आदेश समेत पालन नगर्ने प्रशासनको रवैयालाई ‘असाधारण र अप्राकृतिक’ भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *