प्रतिनिधिसभामा केन्द्र सरकारको खोजी

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले केन्द्रीय सरकार हराएको भन्दै खोजी गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा राईले ‘सोइ ढोले सोई, केन्द्रीय सरकार खोइ ? भन्दै प्रश्न गरेका हुन् ।

सांसद राईले गत चैतमा आफूहरूले भोजपुरमा हावाहुरीले उडाएका टहराबारे गृह मन्त्रालयमा पुगेर जानकारी गराउँदै राहतको व्यवस्था गर्न माग गरेपनि वेवास्ता गरिएकाले केन्द्रीय सरकारको खोजी गरेको बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *