श्रम संस्कृति पार्टीका सांसदहरुद्वारा दोस्रो दिन पनि पर्चा देखाएर विरोध

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसदहरुले मंगलबार पनि पर्चा देखाएर संसदमा विरोध गरेका छन् । प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ पोस्टर हातमा लिएर उठेका थिए । सभामुखले आकस्मिक समय नमागको भन्दै बस्न आग्रह गरे ।

सभामुख डीपी अर्यालले यो विषयमा ध्यानाकर्षण भएको बताएपछि श्रम संस्कृति पार्टीका सांसदहरू बसेका थिए । त्यसपछि बैठक अघि बढेको छ । यसअघि सोमबार बसेको बैठकमा पनि श्रम संस्कृति पार्टीका सांसदले प्लेकार्डसहित विरोध गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *