आज प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ सुरु हुँदै

काठमाडौं । सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको आज संसदीय सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीशमा सिफारिस भएका डा मनोज शर्माविरुद्ध संसदीय समितिमा सोमबार कार्यालय समयसम्म १६ वटा उजुरी परेका छन् । वैशाख २६ गतेको संसदीय सुनुवाइ समितिको बैठकले शर्माविरुद्ध उजुरी आह्वान गरेको थियो ।

उजुरी आह्वान गरिएको १० दिन सोमबार सकिएको छ । शर्माविरुद्ध परेको उजुरी आज बिहान ८ बजेको संसदीय सुनुवाइ समितिको बैठकमा खोलिनेछ ।

सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार, उजुरी खोलेर सांसदहरूलाई वितरण गरिनेछ । आज बिहान १० बजेदेखि उजुरीका विषयमा उजुरीकर्तासँग छलफल हुने उनको भनाइ छ । त्यसपछि प्रस्तावित प्रधानन्यायाधीशसँग सुनुवाइ चल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *