साफ च्याम्पियनसिपको लागि महिला फूटबल टोलीको घोषणा

काठमाडौं । भारतमा हुने साफ महिला च्याम्पियनसिप २०२६ को लागि नेपाली महिला फूटबल टोलीको घोषणा भएको छ । शनिबार अखिल नेपाल फूटबल संघ(एन्फा)ले एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा २३ सदस्यीय महिला टोलीको घोषणा गरेको हो ।

मुख्य फरवार्ड सावित्रा भण्डारी चोटका कारण मैदान बाहिर रहेपछि साफमा नेपालको कप्तानी एन्जिलाले समाल्ने भएकी छिन् । पछिल्लो समय टोली बाहिर रहेकी अनिता केसीलेपनि यसपटक टोलीमा कमब्याक गरेकी छिन् । यस्तै मुख्य फरवार्ड सावित्राको अनुपस्थितिमा युवा फरवार्ड पुर्णिमा राई र मिना देउवापनि टोलीमा अटाएका छन् ।

प्रतियोगिता २५ मे देखि ५ जुनसम्म भारतको गोवामा हुँदैछ । ६ टोलीको सहभागिता रहने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा श्रीलंका र भुटान रहेका छन् भने समूह ‘बी’मा भारत बंगलादेश र माल्दिभ्स रहेका छन् । नेपालले २५ मे मा भुटानसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।

नेपाली टोली

गोलरक्षक:- एन्जिला तुम्बापो सुब्बा(कप्तान), अन्जना राना मगर, उषा नाथ

डिफेन्डर :- पूजा राना, गीता राना, बिमला विक, हिरा कुमारी भुजेल, प्रतीक्षा चौधारी, समिक्षा घिमिरे, निशा ठोकर, सविना चौधरी

मिडफिल्डर :- रेनुका नगरकोटी, दीपा शाही, प्रिती राई, सरु लिम्बू, विर्शना चौधरी, अनिता बस्नेत, अनिता लम्जेल, अनिता केसी

फरवार्ड :- रश्मी कुमारी घिसिङ, रेखा पौडेल, पुर्णिमा राई, मिना देउवा

Leave a Reply

Your email address will not be published. Required fields are marked *