काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिज अन्तर्गत आज हुने खेलमा अमेरिकाले घरेलु टोली नेपालविरुद्ध टस जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेलमा अमेरिकाका कप्तान मोनाक पटेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।
नेपालबाट आज इशान पाण्डेले डेब्यु गर्ने भएका छन् । नेपाल ‘ए’मा राम्रो प्रदर्शन गरेपछि राष्ट्रिय टोलीमा अटाएका इशानले आज अमेरिकाविरुद्ध डे डेब्यु गर्न लागेका हुन् । आज नेपालले टोलीमा तीन परिवर्तन गरेको छ ।
नेपालको प्लेइङ ११ :- आसिफ शेख, कुशल भुर्तेल, इशान पाण्डे, रोहित पौडेल(कप्तान), दीपेन्द्र सिंह एरी, आरिफ शेख, गुलसन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी
