न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ

दाङ । दाङको तुलसीपुरमा एक जना न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ परेकी छन्। उच्च अदालत सुर्खेत जुम्ला इजलाशका न्यायाधीश मदन पोखरेलकी श्रीमती तुलसा पोखरेललाई प्रहरीले आइतबार दिउँसो तुलसीपुरबाट ब्राउन सुगसहित नियन्त्रणमा लिएको हो । तुलसा न्यायाधीस मदनकी कान्छी श्रीमती हुन् ।

तुलसीपुर बजारस्थित पोखरेलको घर अगाडि पार्किङ गरेर राखेको पोखरेलको रा ५ प ७१४६ नम्बरको स्कुटरको डिक्की भित्र राखेको अवस्थामा प्लाष्टिकसहित २.२२ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिबहादुर सिंहका अनुसार गोप्य सूचनाको आधारमा इप्रका तुलसीपुर र जिल्ला प्रहरी कार्यालय घोराहीबाट खटिएका सादा पोशाकका प्रहरीले पोखरेलको स्कूटरमा प्रतिबन्धित लागूऔषध बरामद बरामद गरेका थिए ।

त्यसपछि प्रहरीले पोखरेललाई नियन्त्रणमा लिएको थियो । तर, पक्राउ परेकी पोखरेलले आफूलाई फसाइएको तथा आफ्नो स्कूटरमा फेला परे पनि त्यो ब्राउन सुगरबारे आफूलाई थाहा नभएको भन्ने दाबी गरेको डिएसपी सिंहले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *