पूर्वडीआईजी कोइरालालाई माफी दिने प्रधानन्यायाधीशको फैसला पुनरावलोकन हुने

काठमाडौँ । पूर्वडीआईजी रञ्जन कोइरालामाथिको श्रीमती हत्यासम्बन्धी मुद्दामा सर्वाच्च अदालतमा फेरि सुनुवाइ हुने भएको छ । उनको सजायँ घटाउने केही दिनअघिको सर्वाेच्च अदालतको फैसला पुनरवलोकन मुद्दामा निस्सा दिँदै मुद्दामाथिको सुनुवाइ पुनः अगाडि बढाउने सर्वोच्चले निर्णय गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले पुनरवलोकनको निवेदन दिएपछि सर्वोच्चले आज पछिल्लो निर्णय गरेको हो । आइतबार न्यायाधीशहरु बमकुमार श्रेष्ठ, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासले पुनरवलोकनका लागि परेको निवेदनमा निस्सा दिँदै मुद्दा पुनः खुल्ला गरेको हो ।

अब कम्तीमा तीन न्यायधिशको इजालसले नै पुनरवलोकन गरी अर्को फैसला गर्नेछ । यसअघि प्रधानन्यायाधीश जबरा र न्यायाधीश केसीको संयुक्त इजलासको फैसलाले गत बिहीबार मात्रै जेलमुक्त भएका कोइरालालाई फेरि जेल फर्काउने बाटो खुल्ला भएको छ ।

सर्वाेच्चको फैसलाले उनी छुटेकै दिन महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चको फैसलाविरुद्ध पुनरवलोकन निवेदन दर्ता गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *