काठमाडौं । प्रतिनिधिसभाको सचिव पदमा प्रकाश अधिकारी नियुक्त भएका छन् । सभामुख डीपी अर्यालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिकारीलाई प्रतिनिधिसभाको सचिवमा नियुक्त गरेका हुन् ।
उनीसँग निजामती सेवामा २४ वर्षको अनुभव छ । अधिकारी उपसचिव पदबाट सेवानिवृत्त कर्मचारी हुन् । यसअघिका सचिव हर्कराज राई मंगलबार पदमुक्त भएका थिए ।

