प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौंँ । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रधानमन्त्रीको उपस्थिति हुनुपर्ने भन्दै सदनमा विपक्षी दलको अवरोध जारी राखेपछि सभामुख डीपी अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरिएको जानकारी गराएका हुन् ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको जवाफ दिन प्रधानमन्त्री उपस्थित नभएको भन्दै विपक्षी दलहरुले विरोध गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *