सदनमा उपस्थित नभएपछि विपक्षी सांसदले मागे प्रधानमन्त्रीको राजीनामा

काठमाडौँ । प्रधानमन्त्री बालेन साह सदनमा उपस्थित नभएपछि विपक्षी सांसदले प्रधानमन्त्रीको राजीनामा मागेका छन् ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको जवाफमा उपस्थित नभएको भन्दै विपक्षीहरूले प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन् ।

नेपाली कांग्रेस, श्रम संस्कृति पार्टी, नेकपा एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका सांसदहरुले प्रधानमन्त्रीको राजीनामा मागेका हुन् ।

प्रधानमन्त्री नआएपछि विरोध जनाउँदै श्रमसंस्कृतिका अध्यक्ष हर्क साम्पाङले आपत्ति जनाउँदै बैठक छाडेर हिँडेका छन् । विपक्षी सांसदहरूले यो देश रास्वपाको मात्रै नभएको भन्दै नाराबाजी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *