काठमाडौं । संवैधानिक परिषद्को बैठक आज बस्दै छ । आज साँझ ५ बजे बस्ने गरी बैठक बोलाइएको छ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिसका लागि बैठक बोलायएको हो ।
संवैधानिक परिषद् बैठक नबस्दा प्रधानन्यायाधीशको जिम्मेवारी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले सम्हाल्दै आएकी छन् । बैठकको मुख्य कार्यसूची ‘प्रधानन्यायाधीशको नियुक्ति सिफारिस’ रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि परिषद अध्यक्षका हैसियतमा प्रधानमन्त्रीले बैठक आह्वान गरेका हुन् ।
नयाँ अध्यादेश जसअनुसार संवैधानिक परिषद्को बैठकको गणपूरक संख्या चार कायम गरिएको छ । गणपुरक संख्याको बहुमतबाट निर्णय गर्ने प्रावधान समेटिएको छ ।
न्यायपरिषद्ले सर्वोच्च अदालतमा वरिष्ठतम न्यायाधीश रहेकी कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल सहित न्यायाधीशहरू कुमार रेग्मी, हरि फुयाल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ ।
