नेपाली चलचित्र ‘१२ गाउँ २’ को छायाँकन सुरु

काठमाडौँ । नेपाली फिल्म ‘१२ गाउँ’ को सिक्वेल ‘१२ गाउँ २’ को औपचारिक छायाँकन सुरु गरिएको छ । निर्देशक विराज भट्टको निर्देशनमा बन्न लागेको फिल्मको सुटिङ बुधबारदेखि गीतको छायाँकनबाट सुरु गरिएको हो । फिल्मको छायाँकन काठमाडौं, सिन्धुपाल्चोक र चितवनलगायत विभिन्न स्थानमा हुने निर्माण टिमले जनाएको छ । दशैंको अवसर पारेर फूलपातीमा फिल्म रिलिज मिति राखिएको छ ।

फिल्ममा विराज भट्टसँगै समिर भट्ट, अनुप विक्रम शाही, काफिया शाही, वर्षा इटानी, खुशी कार्की, प्रकाश शाह, सुनिल पोखरेल, कनिज कोइराला, कालु राना, पुष्कर भट्ट, शिवकुमार सिंह, साहित सिंह ठकुरी र पूर्णबहादुर गन्धर्वलगायत कलाकारहरूको अभिनय रहनेछ ।

कथा तथा पटकथा सन्तोष सरकारले तयार पारेका हुन्। एक्सन दृश्यका लागि ईस्टनर सिल्वा र शंकर महर्जनले फाइट कोरियोग्राफी गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *