काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को जिल्ला नगरतर्फको उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा शर्मा र श्रेष्ठ अञ्जन श्रेष्ठ समूहबाट निर्वाचित भएका हुन् ।
अन्तिम मतपरिणामअनुसार शर्माले ८७ मत र श्रेष्ठले ८० मत प्राप्त गरेका छन् ।
