व्यवसायी दीपक भट्टलाई उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले व्यवसायी दीपक भट्टलाई उपस्थित गराउन आदेश दिएको छ । सोमबार सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले भट्टलाई बन्दीसहित उपस्थित गराउन आदेश दिएको हो ।

सरकारले भट्टलाई सम्पत्ति शुद्धीकरणसहितका अभियोगमा पक्राउ गरेपछि श्रीमती आयुष्मा नेपालले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । रिटमा सर्वोच्चले विपक्षीको नाममा कारण देखाऊ आदेशसमेत जारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *