बागमती प्रदेशका मुख्यमन्त्री बानियाँको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँको घरमा छापा मारेको छ । विभागको टोलीले सोमबार काठमाडौँको नक्सालमा रहेको कार्यालय, सुन्धारास्थित कार्यालय तथा हेटौंडास्थित घर र कार्यालयमा छापा मारेको हो ।

अवैध सम्पत्ति लुकाएको आशंकामा विभागले छापा मारेको हो । टोलीले छापा मारेर घरमा रहेका केही कागजपत्र लिएर गएको छ । बानियाँ निर्माण व्यवसायी कम्पनीमासमेत आबद्ध छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *