‘जापोरिज्जिया प्लान्ट’मा रहेको विकिरण प्रयोगशाला लक्षित आक्रमण भएको आइएइएको भनाइ

भियना । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) ले जापोरिज्जिया आणविक ऊर्जा संयन्त्रको बाह्य विकिरण नियन्त्रण प्रयोगशालालाई लक्षित गरी ड्रोन आक्रमण भएको जानकारी दिएको छ ।

प्रयोगशालामा कुनै मानवीय क्षति पुगेको रिपोर्ट भने गरिएको छैन । ‘प्लान्टको परिधि बाहिर अवस्थित सुविधामा कुनै क्षति भएको छ कि छैन भन्ने स्पष्ट भएको छैन,’ आइएइएले जनाएको छ ।

घटनास्थलमा खटिएको आइएइएको टोलीले स्थितिको आँकलन गर्न प्रयोगशालामा पहुँचका लागि अनुरोध गरेको छ।
आइएइएका महानिर्देशक राफेल ग्रोसीले आणविक प्रतिष्ठान वरपर हुने कुनै पनि आक्रमणले आणविक सुरक्षामा जोखिम निम्त्याउन सक्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *