राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेका छन् । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले शुक्रबार सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

यसअघि बिहीबार राष्ट्रपति पौडेलले सहकारी र सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका थिए । सरकारले राष्ट्रपतिसमक्ष आठ वटा अध्यादेश पठाएको छ । अब पाँच अध्यादेश जारी गर्न बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *