दक्षिण सुडानमा ७८ लाख मानिस खाद्य असुरक्षाको सामना गर्दै

न्युयोर्क । दक्षिण सुडानमा बढ्दो भोकमरी सङ्कटका कारण सन् २०२६ अप्रिलदेखि जुलाई सम्म ७८ लाख मानिसहरूलाई चरम खाद्य असुरक्षाको अवस्थामा धकेल्ने चेतावनी अन्तर्राष्ट्रिय संस्थाहरूले दिएका छन् ।

संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ), विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) र संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले आफ्नो पछिल्लो एकीकृत खाद्य सुरक्षा वर्गीकरण (आइपीसी) रिपोर्ट सार्वजनिक गर्दै यस्तो बताएका हुन । रियोर्टमा उल्लेखित तथ्याङ्कले दक्षिणी सुडानको कुल जनसङ्ख्याको ५६ प्रतिशत मानिसहरु हाल तीव्र खाद्य असुरक्षाको सामना गर्न बाध्य भएको जनाएको छ ।

प्रतिवेदनका अनुसार ७३ हजार ३०० मानिसहरूले दुखद एंव “विनाशकारी“ भोकमरी संकटकोे सामना गरिरहेका छन् ।
यस अघि २५ लाख मानिसहरू भोकमरीको आपतकालीन चरणको सामना गदै बाँचिरहेको बताइउको थियो भने ५३ लाख मानिसहरू सङ्कटको चरणमा बाँचिरहेका छन् ।

संयुक्त राष्ट्र सङ्घका एजेन्सीहरूले बढ्दो द्वन्द्व, सामूहिक विस्थापन, आर्थिक गिरावट, जलवायु परिवर्तन कृषि उत्पादनमा कमीको कारण यो सङ्कट बढेको बताएका छन् ।

आईपीसी रिपोर्ट संयुक्त राष्ट्रका एजेन्सीहरू, क्षेत्रीय साझेदारहरू र सहायता संस्थाहरूको समन्वयमा गरिने विश्वव्यापी पहल हो यसले खाद्य असुरक्षालाई विभिन्न पाँच चरणमा वर्गीकृत गरी अध्यन अनुसन्धान गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *