राँझा (बाँके) । बाँकेको नरैनापुर गाउँपालिका–३ स्थित गेग्ली गाउँमा आज आगलागी हुँदा १३ घरगोठ जलेर ध्वस्त भएका छन् ।
फुसको छानो भएको बस्तीमा आगजनीबाट नौ घर र चार गोठ गरी १३ घरगोठ जलेर पूर्ण रूपमा क्षति पुगेको इलाका प्रहरी कार्यालय भगवान्पुरका प्रमुख प्रहरी निरीक्षक गणेशराज उप्रेतीले जानकारी दिए ।
उनका अनुसार आगलागीबाट मानवीय तथा चौपायाको क्षति नभए पनि गौँ, चामल, दाललगायत खाद्यान्न र कपडालगायत सम्पूर्ण सामान जलेर नष्ट भएका छन् । आगलागी भएको जानकारीपश्चात नेपालगञ्ज उपमहानगरपालिकाको र नरैनापुर गाउँपालिकाको गरी दुई वटा दमकलको सहायतामा आगलागी नियन्त्रणमा लिइएको थियो । इलाका प्रहरी कार्यालयका प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा आगो नियन्त्रणमा खटिएका थिए । आगलागीबाट भएको क्षतिकोे विवरण सङ्कलन भइरहेको छ । आगलागीका कारणबारे अनुसन्धान भइरहेकोे प्रहरी निरीक्षक उप्रेतीले बताए ।
