एपीएफलाई चन्द्रगढी महिला गोल्डकपको उपाधि

झापा । नेपाल एपीएफ क्लबले झापामा भएको ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकपको उपाधि जितेको छ । सोमबार बेलुकी सम्पन्न फाइनल खेलमा त्रिभुवन आर्मी फूटबल क्लबलाई १-० गोलले पाखा लगाउँदै एपीएफ च्याम्पियन बनेको हो ।

एपीएफलाई जित दिलाउन रश्मी कुमारी घिसिङले निर्णायक गोल गरिन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७२ औँ मिनेटमा अनिता बस्नेतको क्रसमा रश्मीले हेडर गोल गर्दै एपीएफलाई जित दिलाएकी हुन् ।

जितसँगै विजेता एपीएफले ११ लाख रुपैयाँ र ट्रफी प्राप्त गरेको छ भने उपविजेतामा सिमित त्रिभुवन आर्मीले पाँच लाख रुपैयाँमा चित्त बुझाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *