काठमाडौँ । संविधानविद् डा. भीमार्जुन आचार्यले सुकुम्बासी मान्छेको भन्दा नदी किनाराको मूल्य ठूलो मान्नु बिडम्वना भएको बताएका छन् ।
काठमाडौँका नदी किनाराका सुकुम्बासी बस्ती हटाइएको विषयमा टिप्पणी गर्दै आचार्यले भदौं २३ र २४ को घटनामा देशको भन्दा मान्छेको मूल्यलाई महत्व दिएको तर सुकुम्बासी मान्छेलाई भन्दा नदी महत्व दिनु बिडम्वना भएको बताएका हुन् ।
उनले भनेका छन्, ‘भदौ २३ र २४ को घटनामा देशको भन्दा मान्छेको मूल्यलाई हामीले महत्व दियौं । तर, अहिले सुकुम्बासी मान्छेको मूल्य भन्दा नदी किनाराको मूल्य ठूलो मान्यौँ र महत्व दियौं । कति धेरै विरोधाभासमा हामी बाँचेका छौ हैं !’
