अनेरास्ववियुद्वारा १३ बुँदे घोषणापत्र जारी, निःशुल्क र अनिवार्य शिक्षाको माग

काठमाडौं । नेकपा एमालेनिकटको अनेरास्ववियुले १३ बुँदे ‘टीयू घोषणापत्र’ सार्वजनिक गरेको छ । त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरमा बसेको बैठकले १३ बुँदे ‘टीयू घोषणापत्र’ जारी गर्दै समसामयिक प्रस्ताव सार्वजनिक गरेको छ ।

बैठकले शैक्षिक सुधार, राष्ट्रियता र जनजीविकाका सवालमा कडा मागहरू अघि सारेको हो । उसले आधारभूत तहसम्मको शिक्षा पूर्णतः निःशुल्क र अनिवार्य तथा माध्यमिक शिक्षालाई पूर्णतः निःशुल्क बनाउनुपर्ने संवैधानिक अधिकारबारे सरकारलाई सम्झाएको छ ।

यस्तै, सार्वजनिक यातायातमा विद्यार्थीले पाउँदै आएको ४५ प्रतिशत छुटको व्यवस्था कार्यान्वयन, विद्यार्थीका गुनासो सुन्न ‘ANNFSU Student Outreach and Response Unit’ सञ्चालन गर्ने र विद्यार्थीहरूका लागि रिसर्च इन्टर्नसिपको व्यवस्था गर्न पनि माग गरिएको अध्यक्ष दीपक धामीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *