काठमाडौं । काठमाडौंको जडीबुटी क्षेत्र र भक्तपुरको लोकन्थलीको मनोहरा सुकुम्बासी बस्ती पनि खाली गराइएको छ । सरकारले बस्ती खाली गर्न सूचना जारी गरेपछि उनीहरुले शनिबार आफैँ बस्ती खाली गरेका हुन् ।
सुरुमा शनिबार बिहान सुरक्षाकर्मीले थापाथलीस्थित सुकुम्बासी बस्ती खाली गराएपछि मनोहराको बस्तीमा सुकुम्बासी आफैँले बस्ती खाली गराएका हुन् । सामान सार्न प्रहरीले पनि सहयोग गरेको छ ।




