इरानी विदेशमन्त्री अरागची वार्ताका लागि पाकिस्तान प्रस्थान

तेहरान ।  इरानका विदेशमन्त्री अब्बास अराघची शुक्रबार पाकिस्तान प्रस्थान गरेका छन्। पाकिस्तानको राजधानी इस्लामाबाद पुगेपछि उनले पाकिस्तानी अधिकारीहरूसँग वार्ता गर्नेछन्।

यसलाई अमेरिका र इरानबिचको सम्भावित वार्ताको तयारीका रूपमा हेरिएको छ। यद्यपि अहिले नै अमेरिका वार्तामा बस्ने छैन। यसअघि आज दिउँसो अराघचीले पाकिस्तानका सेना प्रमुख असिम मुनिर र विदेशमन्त्री मोहम्मद इसाक दारसँग छुट्टाछुट्टै कुरा गरेका थिए।

छलफल अमेरिका र इरानबिच युद्धविराम कायम राख्ने कुरामा केन्द्रित थियो। पाकिस्तानले यस विषयमा मध्यस्थकर्ताको भूमिका खेलिरहेको छ। यो भेटले अमेरिका र इरानबिच दोस्रो चरणको वार्ताका लागि मार्गप्रशस्त गर्न सक्ने आशा गरिएको छ।

इरानी सञ्चारमाध्यम इरनाका अनुसार पाकिस्तानपछि अराघची ओमानको राजधानी मस्कट र त्यसपछि रुस जानेछन्। हाल यस विषयमा अमेरिका वा इरान दुवैबाट कुनै आधिकारिक वक्तव्य आएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *