‘मालती मंगले’को ‘झ्याम पारम’

काठमाडौँ । वैशाख २५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मालती मंगले’को नयाँ गीत ‘झ्याम पारम’ सार्वजनिक भएको छ ।

गीतमा चर्चित गायक रामकृष्ण ढकाल र गायिका मेलिना राईको स्वर सुन्न सकिन्छ। गीतमा गीतकार राजेन्द्र थापाको शब्द, राजन राज शिवाकोटीको सङ्गीत र श्यामश्वेत रसाइलीको एरेन्ज रहेको छ । गीतको भिडिओलाई निकै भव्य र मनोरञ्जनात्मक तरिकाले प्रस्तुत गरिएको छ।

रोशन विश्वकर्माको कोरियोग्राफी रहेको गीतको भिडिओमा कलाकारहरू विजय बराल, वर्षा राउत र मेक्सम गौडेलसहित चर्चित डान्सर सविन कार्की (बिस्ट), एलिसा शर्मा र रोशित कर्माचार्यलाई विशेष अतिथी भूमिका (गेस्ट एपेरेन्स) मा देख्न सकिन्छ ।

भिडिओमा सुनिता पोखरेलको सहायक कोरियोग्राफी, विक्रम थापा र शंकर थापाको मेकअप, रश्मी दाहालको हेयर स्टाइल तथा मनिता सुन्दासको कला निर्देशन रहेको छ ।

प्रकु पाण्डेयको निर्देशनमा रामकृष्ण ढकाललको लगानी रहेको छ। फिल्मको कथा स्वयं निर्देशक पाण्डेयले नै लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईँको रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *