पासपोर्टमा ‘काम गर्न निषेध’ लेख्ने अध्यागमनका दुई अधिकृतलाई जिम्मेवारीबाट हटाइयो

काठमाडौँ । भिजिट भिषामा विदेश जाने नेपाली नागरिकको राहदानीमा ‘रोजगारी निषेध’ सम्बन्धी छाप लगाउने अध्यागमन विभागका दुई जना अधिकृत कारबाहीमा परेका छन् ।

अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालले विज्ञप्ति जारी गरी नेपाली नागरिकलाई शर्त तोकेर प्रस्थान अनुमति दिने अध्यागमन प्रशासनको कुनै पनि नीति वा निर्णय नभएको भन्दै उनीहरुमाथि कारबाही गरिएको जानकारी दिएका हुन् । नीतिगत व्यवस्थाभन्दा बाहिर गएर काम गर्ने दुई अधिकृतलाई विमानस्थलको जिम्मेवारीबाट तत्काल हटाइएको र उनीहरूमाथि थप आवश्यक छानबिन भइरहेको विभागले जनाएको छ ।

विमानस्थलबाट यूएई प्रस्थान गर्न लागेका नेपालीको राहदानीमा प्रस्थान छापसँगै ‘रोजगारी पूर्ण रूपमा निषेध गरिएको छ’ भन्ने व्यहोरा लेखिएको फेला परेपछि विभागले सत्यतथ्य पत्ता लगाउन विभागले गत वैशाख ३ गते नै छानबिन समिति गठन गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *