फागुन २३ गते संसद् बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौँ। सरकारले फागुन २३ गते आइतबार संसद् बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको बालुवाटारस्थित निवासमा बसेको बैठकले फागुन २३ गते संसद् बैठक बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

सर्वोच्च अदालतले गत मंगलबार सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको संसद् विघटन बदर गर्दै १३ दिनभित्र संसद बैठक बोलाउन राष्ट्रपति र प्रधानमन्त्रीका नाममा निर्देशनात्मक आदेश दिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *