शेयर बजारमा सामान्य अंकको वृद्धि

काठमाडौँ । शुक्रबार शेयर बजार नेप्से सामान्य अंकले बढेको छ । शुक्रबार नेप्से ५.३६ अंकले बढेर २८३८.४० विन्दुमा पुगेको छ ।

आज ३३५ वटा कम्पनीको १ करोड ८ लाख ६३ हजार ७२८ कित्ता शेयर ७ अर्ब ४६ करोड ६ लाख ९८ हजार ९८ रुपैयाँमा खरिदबिक्री भएको छ ।

पाँचवटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक,होटल फोरेस्ट इन,पाल्पा सिमेन्ट इन्डस्ट्रीज ,शिखर पावर डेभलपमेन्ट र रिड्ज लाइन इनर्जीको सेयर १० प्रतिशतले बढ्यो । कारोबारमा आएकामध्ये नेशनल हाइड्रोपावर शीर्षस्थानमा रह्यो।

सो कम्पनीले ६६ करोड बढीको शेयर कारोबार गर्यो। सोलु हाइड्रोपावरले ३७ अर्बको कारोबार गर्दा रिडी पावरले ३४ करोड, रिलायन्स स्पिनिङ मिल्सले ३२ करोड र हिमालयन दोलखा हाइड्रोपावरले २५ करोड मूल्य बराबरको शेयर कारोबार गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *