काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा भरत खड्का सर्वसम्मत चयन भएका छन् । शुक्रबार बसेको समितिको बैठकले नेपाली कांग्रेसका सांसद खड्कालाई सभापतिमा सर्वसम्मत चयन गरेको हो ।
गत फागुन २१ मा सम्पन्न निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । सभापतिमा चयन भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति थापाले विगतको अनुभव र योग्यताले भ्याएसम्म आर्थिक सुशासन र वित्तिय अनुशासन कायम राख्नेगरी समितिलाई अगाडि बढाउने प्रतिबद्धता जनाए ।
विगतमा भएका विसङ्गतीहरु नदोहोरिने उनले विश्वास दिलाए । आर्थिक सुशासन र वित्तिय अनुशासनलाई प्रमुख एजेण्डाको रुपमा आफूले लिएको उनको भनाई छ ।
