सरकार कर्मचारी सरुवामा व्यस्त, गृह मन्त्रालयद्वारा ठूलो संख्यामा प्रमुख जिल्ला अधिकारीहरुको सरुवा(सूचीसहित)

काठमाडौ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरिदिएपछि केपी ओली नेतृत्वको सरकार कर्मचारीको सरुवामा व्यस्त भएको छ । केही दिन अघि ३१ जना सहसचिवको सरुवा गरेको सरकारले शुक्रबार ४० भन्दा बढी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ ।

गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्थापन गरेको छ । शुक्रबारको मन्त्रीस्तरीय निर्णय अनुसार उनीहरुको सरुवा गरिएको हो । जसमा ४० भन्दा बढी जिल्लाका प्रमुख जिल्ला अधिकारी र केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी छन् ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *